२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रलोपाद्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा शर्मा, परियार र भट्टराई

shivam cement
२०८२ मंसिर २१ गते २१:०९
Shares
प्रलोपाद्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा शर्मा, परियार र भट्टराई

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालनसहित वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।

अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवका अनुसार बैठकले जगप्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको सदस्यमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली छन् । निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकमा जनार्दन शर्मा र सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई छन् ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई तोकिएको छ, यो समितिको सदस्यमा सन्तोष परियार, डा.जनक शाह र मोनिका निरौलालाई तोकिएको छ ।’ 

सम्बन्धित खबर