
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताएका छन् ।
सोमबार पार्टीले काठमाडौंको सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले देशको संस्कृतिसँग युवालाई जोड्दै मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा डोहोर्याउने अभियानमा गोलबद्ध हुन समेत सबै युवाहरुलाई आग्रह गरे ।
आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए ।
उनले पुराना राजनीतिक दलहरुले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको पनि बताए । उनले पुराना राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वान समेत गरे ।