२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

shivam cement
२०८२ मंसिर २२ गते २०:१५
Shares
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले दिवंगत पत्रकार सुरेश रजकलाई सहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिए । गत साल २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेशको निधन भएको थियो । दिवंगत पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।

यसअघि सरकारले दिवंगत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको थियो । सञ्चारमन्त्री खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती मगियालाई कम्प्युटर अपरेटर पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांगता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।

सम्बन्धित खबर