२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल कर्णाली प्रदेशस्तरीय समिति गठन

shivam cement
२०८२ मंसिर २२ गते २१:१६
Shares
राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल कर्णाली प्रदेशस्तरीय समिति गठन

सुर्खेत : राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कर्णाली प्रदेशमा आफ्नो प्रदेश स्तरीय समिति गठन गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलको प्रमुख आतिथ्यता तथा संगठनका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इञ्चार्ज कमल सरगमको विशेष आतिथ्यतामा समिति गठन गरिएको हो । 

प्रदेश स्तरीय समितिको अध्यक्षमा कुलेन्द्र शाही र सचिवमा पूर्ण सार्की चयन भएका छन् । साथै १८ सदस्यीय समिति सर्वसम्मत रूपमै गठन गरिएको जनाइएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा विक्रान्त चालिसे, उपाध्यक्षमा अनिता विक, सह–सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा टीका घिमिरे, सह–कोषाध्यक्षमा महेश बस्नेत र प्रवक्तामा यादव पौडेल चयन भएका छन् । 

यस्तै सदस्यहरूमा रमिता खड्का, चन्द्रप्रसाद भट्टराई, हिमेन्द्र विक, कमल कुमार न्यौपाने, जनक दशौदी, प्रज्वल चुनारा, प्रकाश शाही, रुपलाल बूढाथोकी, दीपक सापकोटा र पूजा कुमारी रावल सर्वसम्मत चयन भएका हुन् । 

स्थापना कालदेखि हालसम्म संगठनले देशव्यापी विस्तारलाई तीव्रता दिएको छ । २०६५ सालमा काठमाडौँबाट सीमित रूपमा सुरु भएको संगठनले हाल सातै प्रदेशमा आफ्नो पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गरिरहेको छ । सोहीक्रममा पहिलो पटक कर्णाली प्रदेशमा प्रदेश स्तरीय समिति गठन गरिएको हो । 

समिति गठनसँगै बसेको पहिलो बैठकले सुर्खेतको वीरेन्द्रनगर–३ मा कार्यालय स्थापना गरी नियमित कामकाज सञ्चालन गर्ने र निकट भविष्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रममा संगठन विस्तारमा योगदान पु¥याउने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो् । जसमा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, संगठनका केन्द्रीय सचिव तथा कर्णाली इञ्चार्ज कमल सरगम, रासस कर्णाली प्रदेश प्रमुख सुरज सिंह ठकुरी र पत्रकार महासंघ सुर्खेतका उप–सचिव जगतदल जनाला विकलगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर