२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

shivam cement
२०८२ मंसिर २३ गते १२:०९
Shares
एमालेका महाधिवेशन प्रतिनिधिको अद्यावधिक अन्तिम चरणमा

काठमाडौं : नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समितिले  प्रतिनिधिहरुको विवरण अद्यावधिक गरिरहेको जनाइएको छ ।

विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन् । मनोनीतसहित प्रतिनिधिको संख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए ।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मंसिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित खबर