२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पार्टी एकताको तयारीमा लिङ्देन र थापा, गाई चिन्हमा सहमति

shivam cement
२०८२ मंसिर २३ गते १४:२८
Shares
पार्टी एकताको तयारीमा लिङ्देन र थापा, गाई चिन्हमा सहमति

काठमाडौं : राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापाको राप्रपा नेपालबीच एकता वार्ता अन्तिम चरणमा पुगेको छ । दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि निरन्तर छलफल चलिरहेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममा चाँडै ‘खुसीको खबर’ आउने बताएका छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास तीव्र रूपमा भइरहेको छ र थापाको पार्टीसँगको सहमति नजिक छ ।

लिङ्देन अध्यक्ष बनेपछि अलगिएको थापा पुनः एकतामा सकारात्मक भएका छन् । दुवै पक्षबीच पार्टीको नाम, चुनाव चिह्न र विधान राप्रपाकै रहने सहमतिमा छलफल भइरहेका छन् । 

थापाले राप्रपाको नाम र चिह्न (गाई) स्वीकार गर्ने संकेत गरेपछि वार्ता झन् सकारात्मक बनेको स्रोत बताउँछ । तर शीर्ष नेतृत्वको अन्तिम टुंगो भने अझै बाँकी छ ।

सम्बन्धित खबर