२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

लोकतन्त्रभित्र राजतन्त्र समेटौं : रविन्द्र मिश्र

shivam cement
२०८२ मंसिर २३ गते १५:१६
Shares
लोकतन्त्रभित्र राजतन्त्र समेटौं : रविन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उनले राप्रपाले सबैले एकताको प्रतिक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिमा स्थान दिएर अघि बढ्नुपर्ने माग गरेको बताए ।

उनले राजनीति भन्दा माथि रहने संस्था राजसंस्था नै रहेको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म संस्कृतिका मान्छेले मान्ने संस्था राजसंस्था नै रहेको बताए । उनले आधुनिक शक्तिको प्रतिकको रुपमा राजनीतिक दलहरु रहनुपर्ने पनि बताए । राजनीतिक दलहरुले राज्य नै क्षयीकृत हुनेगरी गल्ती गरेको उनले बताए ।

उनले ठुलो हृदय गरेर सबैलाई समेट्ने सरकार बनाउनुपर्ने बताए ।

सम्बन्धित खबर