
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रोल्पाबाट महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले थापासहित पाँच जनाको नाम प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा अघि सारेको हो ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार थापासँगै अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा.मन्दीप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।