२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जेनजी विद्रोहमाथि दमन गर्नेहरूलाई घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

shivam cement
२०८२ मंसिर २३ गते १९:०१
Shares
जेनजी विद्रोहमाथि दमन गर्नेहरूलाई घेराबन्दी गर्छौं : गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी विद्रोहमाथि दमन गर्नेहरूलाई राज्यभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरबाट समेत घेराबन्दी गर्ने बताएका छन् । 

काठमाडौंमा जेनजी शहीदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले घाइते र शहीदका माग पूरा गर्दै कारबाहीमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उनले सत्तामा रहेका केही व्यक्तिहरू कुशासनको अभियन्ता बनेको कारण विद्रोह भएको तर्क गर्दै शहीदको सपनाअनुसार सरकारले सुशासन स्थापना गर्ने प्रयासमा रहेको उल्लेख गरे । 

जाँचबुझ आयोग, राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीद्वारा अनुसन्धान भइरहेको र दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने जानकारी पनि दिए । 

अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई काम गर्ने वातावरण बनेको दाबी गर्दै पर्दा पछाडि बसेर नेताहरूलाई नचाउने र जनतालाई दुःख दिने केही तत्वहरू पहिचान भइसकेको र कारबाहीमा ल्याइएको पनि जानकारी दिए ।

सम्बन्धित खबर