२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

shivam cement
२०८२ मंसिर २४ गते १०:४८
Shares
चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । भण्डारीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन् ।

‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित । तर देश जनता, प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु । साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

सम्बन्धित खबर