२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

महाधिवेशनबारे जानकारी दिन एमालेले थाल्यो घरदैलो अभियान

shivam cement
२०८२ मंसिर २४ गते १२:३५
Shares
महाधिवेशनबारे जानकारी दिन एमालेले थाल्यो घरदैलो अभियान

काठमाडौँ : महाधिवेशनबारे जानकारी दिन नेकपा एमालेले घरदैलो अभियान थालेको छ । एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्य सुरु गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अभियान थालनी गर्दै आज बिहान काठमाडौँ-२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट पुगेर जनतासँग भेटघाट गरेका छन् ।

यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका हुन् । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेल लगायतका नेताहरू सहभागी छन् ।

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।

सम्बन्धित खबर