२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने गृहकार्यमा शिक्षामन्त्री पुन  

shivam cement
२०८२ मंसिर २४ गते १४:३०
Shares
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने गृहकार्यमा शिक्षामन्त्री पुन  

धुलिखेल : प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने बताएकी छन् । बुधवार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहमा उनले कुनै पनि विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने बताएकी हुन् । 

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य र सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको बताएकी हुन् । सो विश्वविद्यालयकी कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नेतृत्वमा शिक्षाविद्, विश्वविद्यालयहरुका कुलपति, उपकुलपति र अन्य सरोकारवालासँग गम्भीर परामर्श गरिरहेको जानकारी समेत दिइन् । 

नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्न सरकार यस काममा लागेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यक्ताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनजीले शिक्षाविद् विश्वविद्यालयको कुलपति, उपकुलपति लगायत उच्च नेतृत्व र अन्य सरोकारवालासँग गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौं,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले नेपालको उच्च शिक्षा सुधारमा काठमाडौं विश्वविद्यालयको खेलेको भूमिकाको प्रशंसनीय भएको बताउँदै यसरी नै अन्य विद्याविद्यालय पनि अघि बढुन आग्रह गरिन् । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर