२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : हजारौं संख्यामा प्रतिनिधि सहभागी हुँदै

shivam cement
२०८२ मंसिर २४ गते १५:२१
Shares
एमाले महाधिवेशन : हजारौं संख्यामा प्रतिनिधि सहभागी हुँदै

काठमाडौं : नेकपा (एमाले) को आसन्न ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुंगो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १ सय ५४ प्रतिनिधि रहनेगरी टुंग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए । 

उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३ सय ९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त संख्यासहित दुई हजार ४ सय ६३ जना महाधिवेशनको हलमा रहनेछन् । 

समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर