२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?

shivam cement
२०८२ मंसिर २४ गते १६:१६
Shares
ईश्वर पोखरेलको प्रश्न- पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको बताए ।

उनले विद्या भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने विषय नै नरहेको पनि बताए । 

उनले भने, ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तर्राष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने ? पाउनुपर्छ । यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै आयौं । अहिले पनि त्यो चिजलाई हामीले आफ्नो अवधारणामा राखेका छौं । यसको अर्थ भोलि के हुन्छ, त म यहाँहरुलाई भन्न चाहन्छु केन्द्रले निर्णय गरेपनि यो एजेन्डा यो हाइटमा उठाउन पर्ने विषय नै थिएन । तर अब यो एजेण्डा आउने दिनको लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ ।’ 

उनले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीका बारेमा आफूले पश्न उठाउँदै आएको पनि बताए । पार्टीभित्र जबजको बारेमा कुनै मतभिन्नता नरहेको भएपनि कार्यशैलीभित्र भने व्यापक मत भिन्नता रहेको उनले बताए ।

सम्बन्धित खबर