२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीले छानबिन आयोगलाई बयान नदिने अडान लिएपछि पोखरेलले भने– दिनुपर्छ, दिँदा राम्रो 

shivam cement
२०८२ मंसिर २४ गते १६:२४
Shares
ओलीले छानबिन आयोगलाई बयान नदिने अडान लिएपछि पोखरेलले भने– दिनुपर्छ, दिँदा राम्रो 

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौमा भएको जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको आयोगलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिनुपर्ने बताएका छन् । 

काठमाडौंमा पत्रकारसँगको अन्तर्क्रियामा उनले तत्कालीन सरकार प्रमुख हुनुको नाताले ओलीले बयान नदिँदा राम्रो सन्देश नजान्ने उल्लेख गरे । उनले भने, ‘आयोगलाई बयान दिनु राम्रो हो, दिनुपर्छ ।’

आयोग प्रमुखको निष्पक्षतामा केही प्रश्न भए पनि बयान दिनु आवश्यक रहेको उनको भनाइ छ । 

पोखरेलले छिट्टै आयोगमा उपस्थित हुने विश्वास व्यक्त गरे । तर अध्यक्ष ओलीले भने आयोगमा बयान नदिने अडान सार्वजनिक गरिरहेका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार अपदस्त गरेको थियो । आन्दोलनमा बल प्रयोग गरेको आरोपमा ओलीलाई आयोगले बयान लिने तयारी गरेको छ ।

सम्बन्धित खबर