२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीसँग पराजित हुँदैमा एमाले त्याग्दैनौं : पोखरेल

shivam cement
२०८२ मंसिर २४ गते १६:५१
Shares
ओलीसँग पराजित हुँदैमा एमाले त्याग्दैनौं : पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफूहरू एमालेमै रहने स्पष्ट पारेका छन् । पार्टीको आसन्न ११औं महाधिवेशनको अध्यक्षका प्रत्यासी पोखरेलले पराजय भए एमालेमै रहने स्पष्ट पारेका हुन् ।  

प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफूहरू सचेत रहेको समेत स्पष्ट पारे । बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरूले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर जाने दृष्टान्त लागू नहुने बताए ।

उनले महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भएपनि एमाले नै भएर काम गर्ने कुरामा किञ्चित तलमाथि नहुने बताएका छन् ।

‘एउटा समस्या हामीमा के छ भने प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारका रहेको कमजोरी हो । हामी दृढतापूर्वक के कुरामा उभिन्छौं भने प्रतिष्पर्धा गरिन्छ भने त्यसको परिणामलाई स्वीकार गरिन्छ ।’ 

वरिष्ठ नेता पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व भन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर