२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुँदै

shivam cement
२०८२ मंसिर २४ गते १७:२६
Shares
सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं : सरकार र जेनजी प्रतिनिधिबीच आज सम्झौतामा हस्ताक्षर हुने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन सरकार र जेनजी प्रतिनिधिबीच सम्झौता हुन लागेको हो ।

जेनजी मुभमेन्ट अलायन्स, सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी र रक्षा बम नेतृत्वको जेनजी फ्रन्टसँग सरकारले सम्झौता गर्न लागेको हो ।

सम्झौतामा जेनजी आन्दोलनले उठाएका मागहरू समावेश गरिएको छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रम आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना हुने प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर