
काठमाडौं : भदौ २३–२४ मा भएको जेनजी आन्दोलनलाई सरकारले आधिकारिक रूपमा ‘जेनजी जनआन्दोलन’ का रूपमा मान्यता दिन लागेको छ ।
बुधबार अपरान्ह ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधि र सरकारबीच हुने सम्झौतामा यही नाम समावेश गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जारी गरेको सूचनामा पनि ‘जेनजीको नेतृत्वमा भएको जनआन्दोलन’ सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने उल्लेख छ ।
जेनजी युवाहरूले भविष्यका सरकारले पनि आन्दोलनको मर्म स्वीकार गर्ने गरी औपचारिक दस्तावेज बनाउन माग गर्दै आएका थिए ।
गत साता उनीहरूले प्रधानमन्त्रीसँग भेटेर चाँडो सम्झौता टुंग्याउन आग्रह गरेका थिए ।
सम्झौतामा जेनजी आन्दोलनका मुख्य मागहरू समेटिएका छन् ।