२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जेनजी आन्दोलनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी सम्मानित

shivam cement
२०८२ मंसिर २४ गते १८:२५
Shares
जेनजी आन्दोलनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी सम्मानित

काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निर्वाचन आयोग क्षति हुनबाट जोगाउन सफल तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंलाई आयोगले सम्मान गरेको छ । 

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंसिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं.२४ बाघभैरव गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्दै आयोगको सुरक्षामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे ।

गत भदौ २४ गते काठमाडौं महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यलयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई अगाडि बढ्न नदिई मुख्य गेटको केही भित्र रोकेर सम्झाइ बुझाइ गरेको थियो । त्यति गर्दा समेत भिड थप आक्रोशित भएपश्चात उक्त टोलीले सामान्य बल प्रयोग गरी भिडलाई तितरबितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिएर आयोगलाई क्षति हुनबाट जोगाएको थियो ।

No description available.

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं. १८ बाघभैरव गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरणलगायतका विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा आयोगका आयुक्त डा. जानकी तुलाधर, सचिव माहादेव पन्त, प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईलगायत आयोगका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर