
काठमाडौं : डडेल्धुराको एकमात्र क्षेत्रबाट सात पटक निर्वाचित पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्ने भएका छन् । उनले स्थानीय नेता–कार्यकर्तासँगको भेटमा डडेलधुराबाट उम्मेदवार बन्ने बताएका हुन् ।
आफूसँगको भेटमा देउवाले जनताको इच्छा भए अन्तिमपटक चुनाव लड्ने सन्देश दिएको डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउँदले बताए । जिल्ला समितिले देउवाकै एकल नाम सिफारिस गर्ने तयारी गरेको छ ।
त्यस्तै सुर्खेत–१ बाट कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई एकल उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ । २०७९ मा खड्काले एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
त्यस्तै रोल्पाबाट आगामी निर्वाचनका लागि पार्टी महामन्त्री गगनकुमार थापासहित पाँच जनाको नाम सिफारिस भएको छ । जिल्ला कार्यसमितिले थापा, मनोजमणी आचार्य, अमरसिंह पुन, डा.मन्दीप सुवेदी र ज्ञानबहादुर वलीको नाम केन्द्रमा पठाएको छ ।
झापा–१ बाट भने कांग्रेस अर्का महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । २०७० र ०७४ मा पराजित भएका शर्मा ०७९ मा सोही क्षेत्रबाट विजयी भएका थिए ।