२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

‘जेनजी आन्दोलन’लाई औपचारिक ‘जनआन्दोलन’को मान्यता

shivam cement
२०८२ मंसिर २४ गते २०:११
Shares
‘जेनजी आन्दोलन’लाई औपचारिक ‘जनआन्दोलन’को मान्यता

काठमाडौं : सरकार र जेनजी समूहबीच बुधबार साँझ भएको ऐतिहासिक सम्झौता भएको छ । 

उक्त सम्झौताले गत भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ लाई अब औपचारिक जनआन्दोलनको मान्यता दिएको छ । 

अन्तरिम सरकार बनेको तीन महिनापछि मात्र आन्दोलनको वैधानिकता र अपनत्वबारे लिखित सहमति भएको हो । 

हाल आन्दोलनप्रतिको धारणा बदलिएको र यसको ‘अपराधिकरण’ बढ्दै गएको भन्दै जेनजी समूहले असन्तुष्टि जनाउँदै आएको थियो । 

निरन्तरको दबाबपछि सरकारले सहमति स्वीकार गरेको हो । 

सम्झौता लागू भएपछि भदौ २३–२४ का सडक संघर्षलाई देशको राजनीतिक परिवर्तनको संवाहकका रूपमा आधिकारिक मान्यता मिल्नेछ ।

सम्बन्धित खबर