२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रधानमन्त्री कार्कीले भनिन् : ‘देश युवाले चलाएको हेर्ने इच्छा छ’

shivam cement
२०८२ मंसिर २४ गते २१:२९
Shares
प्रधानमन्त्री कार्कीले भनिन् : ‘देश युवाले चलाएको हेर्ने इच्छा छ’

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताएकी छन् । 

सरकार र जेनजी समूहबीच बुधबार सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गरिन् । 

‘हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी गरुन् । राम्रो राजनीतिज्ञ गरुन् र देश चलाउनन् भन्ने हाम्रो इच्छा छ । एउटै दस्तावेजबाट सबैका इच्छा त पूरा हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन् । 

उनले उक्त सहमति नेपाल राजपत्रमा प्रकाशन हुने र यो ऐतिहासिक अभिलेख हुने जनाइन् । 

सम्झौता हस्ताक्षर समारोहमा सहभागी केही जेनजी प्रतिनिधिले भने सम्झौतामा आफूहरूलाई चित्त नबुझेको गुनासो गरेका थिए ।

सम्बन्धित खबर