२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

दाङमा बस दुर्घटना, २२ जना घाइते

shivam cement
२०८२ मंसिर २५ गते ०९:०२
Shares
दाङमा बस दुर्घटना, २२ जना घाइते

काठमाडौँ : दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

डडेलधुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका-१ को कोडिया पुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परी २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।

सम्बन्धित खबर