२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नयाँबसपार्कमा जथाभाबी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

shivam cement
२०८२ मंसिर २५ गते १२:२६
Shares
नयाँबसपार्कमा जथाभाबी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभाबी रूपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी)पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौँ आएका यात्रुलाई जबरजस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताए । 

सम्बन्धित खबर