२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीले भने– ‘देउवासँगको भेट अर्थपूर्ण, परिणाम भोलि देखिन्छ’ 

shivam cement
२०८२ मंसिर २५ गते १४:२४
Shares
ओलीले भने– ‘देउवासँगको भेट अर्थपूर्ण, परिणाम भोलि देखिन्छ’ 

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण र गम्भीर छलफल भएको बताएका छन् । 

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले मंसिर १९ गते महाराजगन्जस्थित देउवा निवासमा भएको भेटमा देशको वर्तमान राजनीतिक स्थिति, सरकारको अवस्था र सम्भावित समाधानका मुद्दामा कुराकानी भएको बताए । 

उनले भने, ‘दुई प्रमुख दलका नेताले देशबारे कुरा नगरेको हुन्न । यो सरकार कसरी टिकाइएको छ भन्ने विषय पनि उठ्छ । अर्थपूर्ण छलफल भयो, परिणाम भोलि देखिन्छ ।’

उनका अनुसार छलफलमा समसामयिक चुनौती र समाधानका उपायबारे पनि विचार–विमर्श भएको थियो ।

 

सम्बन्धित खबर