२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जाँचबुझ आयोगलाई बयान दिनेबारे के भन्छन् ओली ?

shivam cement
२०८२ मंसिर २५ गते १४:५१
Shares
जाँचबुझ आयोगलाई बयान दिनेबारे के भन्छन् ओली ?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार गैरकानूनी र असंवैधानिक भएको आरोप आएका छन् ।  बिहीबार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले कार्की नेतृत्वको सरकार संविधान विपरीत भएको आरोप लगाएका हुन् । 

उनले जेनजी आन्दोलनको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगमा बयान दिन जाने कि नजाने आफ्नो व्यक्तिगत कुरा भएको समेत टिप्पणी गरे । उनले जाँचबुझ आयोगको मनशाय के छ भन्नेकुरा सञ्चारमाध्यमहरूमा आयोगका सदस्यले व्यक्त गरेका अभिव्यक्तिबाट पुष्टि भइसकेको बताए । 

‘बयान दिन जाने नजाने मेरो कुरा हो । कानूनी व्यवस्था के छ मैले नि हेरेको छु । उहाँहरूले मनसाय के छ भन्ने कुरा त मिडियामा बोलेको कुरा सुनेको छु । मलाई जनताले माया गरेका छन् । विरोधीले लखेटेका छन् । न म माया गरेर यहाँ छु न त विरोध गरेर सक्किएको छु,’ ओलीले भने, ‘उनीहरू चाहिँ सक्कियो भन्ने ठान्छन् । सुशीला कार्कीजीहरूले जुन सम्झौता भनेर ड्रामा गर्नुभयो । त्यो भनेर टुंगिदैन । उहाँ अन्तरिम सरकार मात्रै होइन असंवैधानिक पनि हो ।’ 

उनले आफूलाई बालुवाटार भागेको भन्ने टिप्पणी आउने गरेको भन्दै नभागेको भए के गर्नुहुन्थ्यो ? भन्दै जेनजी नेताहरूलाई प्रश्न गरे । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर