२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ईश्वर लक्षित ओली– मेराविरुद्ध कसैले उम्मेदवारी दर्ता गर्छ जस्तो लाग्दैन

shivam cement
२०८२ मंसिर २५ गते १५:१०
Shares
ईश्वर लक्षित ओली– मेराविरुद्ध कसैले उम्मेदवारी दर्ता गर्छ जस्तो लाग्दैन

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी अध्यक्षमा आफ्नो विरोधी उम्मेदवार नआउने अपेक्षा अझै कायम रहेको बताएका छन् । 

बिहीबार संघीय राजधानीमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै ईश्वर पोखेरल लक्षित परिस्थिति त्यतातिर नभएको जस्तो देखिए पनि निर्विरोध हुने आशा छ भन्दै टिप्पणी गरे । 

‘परिस्थिति त्यस्तो देखिँदैन, तर पनि मेरोविरुद्ध कोही नउठ्ला र म निर्विरोध जीतूँला भन्ने आशा छ,’ ओलीले भने । 

उनका अनुसार यो विषय भोलिको बैठकबाट टुंगिनेछ र अघि बढाउने प्रस्ताव पनि सहमतिबाटै जानेछ । 

एमाले ११औं महाधिवेशनमा ओलीविरुद्ध पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।

सम्बन्धित खबर