२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रतिनिधिसभा निर्वाचनका लागि देउवा आठौं पटक डडेल्धुराबाट सिफारिस 

shivam cement
२०८२ मंसिर २५ गते १५:३७
Shares
प्रतिनिधिसभा निर्वाचनका लागि देउवा आठौं पटक डडेल्धुराबाट सिफारिस 

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने पक्का भएको छ ।

नेपाली कांग्रेस डडेल्धुराको बिहीबारको बैठकले उनको नाम सर्वसम्मत रूपमा सिफारिस गर्दै प्रदेश समितिमा पठाएको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

देउवाले यसअघि नै यो आफ्नो अन्तिम प्रतिनिधिसभा चुनाव हुने संकेत दिएको थियो । 

देउवा डडेल्धुराबाट आठौं पटक चुनाव लड्न लागेका हुन् । उनी २०४८ देखि २०७९ सम्म भएका सबै निर्वाचनमा यहाँबाट विजयी हुँदै अहिलेसम्म अपराजित रहेका छन् । 

राष्ट्रिय सभा सदस्यका लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको छ ।

सम्बन्धित खबर