
काठमाडौं : आगामी शनिबारबाट सरु हुने ११औं महाधिवेशनमा पेस हुने प्रस्तावबारे टुंग्याउन नेकपा (एमाले) सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने भएको छ ।
पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशनको कार्यसूची तथा प्राविधिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गरेको छुट्टै राजनीतिक प्रस्ताव महाधिवेशनमा लैजाने–नलैजानेबारे निर्णय गर्ने एमाले स्रोतको भनाइ छ ।
अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार एक कार्यक्रममा भोलिको बैठकमा प्रस्तावबारे अन्तिम टुंगो लाग्ने बताएका छन् ।
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा सुरू हुँदैछ ।
पोखरेल समूहले मंसिर २१ मा छुट्टै दस्तावेज पार्टीमा बुझाएको थियो ।
तर, संस्थापन पक्षले यो महाधिवेशन नेतृत्व चयनका लागि मात्र भएकाले सो प्रस्ताव प्रवेश नपाउने दाबी गर्दै आएको छ ।