
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, महानिर्देशक तीर्थराज भट्टराई, महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन गरेको आशंकामा अनुसन्धान चलिरहेको जनाएको छ ।
गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्टसहित गृह मन्त्रालयका विभिन्न कर्मचारीमाथि पनि छानबिन भइरहेको छ ।
कल–डिटेल विश्लेषण र अस्वभाविक गतिविधि देखिएका कारण त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसँग उनीहरूको सम्बन्धबारे छुट्टाछुट्टै अनुसन्धान भइरहेको आयोगले विशेष अदालतमा पेश गरेको विवरणमा उल्लेख छ ।