
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह साढे ५ बजे उनीहरूबीच भेटवार्ता भएको हो ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी छन् । केहीबेर अघि मन्त्रिपरिषद्को बैठक समापन भएलगत्तै उनी शीतल निवास पुगेकी हुन् ।
अहिले उनीहरूबीच छलफल भइरेको छ ।
छलफलमा बुधबार सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौतामा हस्ताक्षर गरिदिन प्रधानमन्त्रीले राष्ट्रपतिलाई आग्रह गरेको स्रोत बताउँछ ।