२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पठन संस्कृतिको विकासका लागि किताब जात्रा महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

shivam cement
२०८२ मंसिर २५ गते १८:०१
Shares
पठन संस्कृतिको विकासका लागि किताब जात्रा महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । किताव जात्राको सातौं संकरणको बिहीबार उद्घाटन गर्दै उनले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुगास्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने उल्लेख गरे । उनले भने, “शिक्षा भन्दा संसारमा केही पनि छैन, शिक्षा नै अध्यारो हटाउने ज्योति हो । त्यसैले शिक्षाबाट बञ्चित आज पनि जति बालबालिकाहरू छन् सबैले कामना गरौं, सबै बालबालिका विद्यालय गएर राम्रोसँग अध्ययन गर्न पाउछन् । सबैले चाहे अनुसारको शिक्षा हिशिल गर्न सकुन् ।”

No description available.

मन्त्री खरेलले पुस्तक, सिर्जना र विचारको उत्सवले समाजलाई समृद्ध र संवेदनशील बनाउने बताए । “अघिल्लो वर्ष किताब जात्रामा प्यानलमा बसेर विचार विमर्श गर्दा धेरै खुसी लागेको थियो । यस वर्ष पनि सम्झिएर वोलाईदिनु भएकोमा किताब जात्रा टिमलाई धेरैधेरै धन्यबाद साथै शुभकामना व्यक्त गर्दछु”, उनले भने ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार लागिपरेको उल्लेख गरे । उनले भने, “हामी अहिले संवदेनशील समयमा सरकारमा सहभागी भएका छौं । मुलुकलाई एउटा परिवर्तनको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी र दायित्व हामी सबैको काँधमा छ, यसलाई पुरा गर्न सबैलागौं ।”

No description available.

किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन संस्कृतिको विकाससँगै नागरिकलाई शिक्षाप्रति जागरण फैलाउने उद्देश्यले किताब जात्रा गरिँदै आएको बताए । दुई दिने कार्यक्रममा पुस्तक प्रदर्शनीका साथै विभिन्न प्राज्ञिक शत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकारहरुले विभिन्न कला र संस्कृति झल्कने प्रस्तुति दिएका थिए ।

सम्बन्धित खबर