२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सरकारको प्राथमिकतामा भ्रष्टाचारविरुद्धको कारबाही : प्रधानमन्त्री कार्की 

shivam cement
२०८२ मंसिर २५ गते १९:०७
Shares
सरकारको प्राथमिकतामा भ्रष्टाचारविरुद्धको कारबाही : प्रधानमन्त्री कार्की 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको बताएका छन् । जय मातृभूमि पार्टीको बिहीबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिए । 

राजनीति गर्नेहरुले केबल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब मुलुकमा उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने पार्टीको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

‘खाली विचार मात्र पोख्ने दल धेरै भए । काम र रोजगारीमा केन्द्रित रहेर काम गर्ने भएनन् । यही कारण मुलुकको आर्थिक अवस्था कमजोर भयो । रोजगारीका अवसर मुलुकमा भएनन् । विदेश पलायन हुनुपर्ने बाध्यता बन्यो,’ प्रधानमन्त्री कार्कीले भने, ‘यसको परिणाम स्वरुप युवामा वितृष्णा बढ्यो । आन्दोलन भयो । अब यस्तो आन्दोलन गर्न नपर्ने गरी काम गरौं ।’

प्रधानमन्त्री कार्कीले राम्रो काम गर्ने र देशको आर्थिक समृद्धि तथा सुशासनका निम्ति प्रतिबद्ध व्यक्तिलाई जिताएर संसद्मा पठाउन आग्रह गरे । एक/एक जनाको राम्रो प्रयासले नै मुलुक सुशासनयुक्त र समृद्ध हुने उनको भनाइ थियो । 

प्रतिनिधिमण्डलमा जय मातृभूमि पार्टीका वरिष्ठ नेता क्याप्टेन केबी लिम्बू, सहअध्यक्ष रामशरण पाण्डे, महासचिव गोविन्द गिरीलगायत रहेका थिए । पार्टीले निर्वाचनको वातावरण बनाउन जेनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कारबाही हुनुपर्ने माग राखेको छ । –रासस

सम्बन्धित खबर