
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिले विधानअनुसार प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ । सभापति शेरबहादुर देउवा डडेल्धुरा, सभापति प्रत्यासी डा.शेखर कोइराला मोरङ–६, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।
उपसभापति धनराज गुरुङ स्याङ्जा–१ र २, महामन्त्री गगन थापा काठमाडौं–४, सर्लाही–४, रोल्पा र धनकुटा, महामन्त्री विश्वप्रकाश शर्मा झापा–१, सहमहामन्त्री महालक्ष्मी उपाध्याय मकवानपुर–१, बद्री पाण्डे बाजुरा, भीष्मराज आङ्दम्बे पाँचथर, जीवन परियार कास्की–१, किशोरसिंह राठोर बाँके–३, महेन्द्र यादव धनुषा–४ बाट सिफारिस भएका छन् ।
पार्टी प्रवक्ता डा.प्रकाशशरण महत काठमाडौं–५, पूर्वउपसभापति विजयकुमार गच्छदार सुनसरी–३, पूर्वउपसभापति विमलेन्द्र निधि धनुषा–३, पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं–१, पूर्वउपसभापति गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट उम्मेदवार घोषणा भएका छन् ।