२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेलाई थप सशक्त बनाउनुपर्नेमा जोड

shivam cement
२०८२ मंसिर २५ गते २१:४३
Shares
एमालेलाई थप सशक्त बनाउनुपर्नेमा जोड

काठमाडौं : नेकपा (एमाले)ले ११औं राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा नेताहरूले जोड दिएका छन् ।

महाधिवेशनका सन्दर्भमा बिहीबार आयोजित अन्तरसंवाद कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीभित्रको एकताले मात्रै मुलुकमा विद्यमान संकट समाधान गर्न सकिने र त्यसका लागि आन्तरिक लोकतन्त्र व्यवस्थित बनाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने बताए । 

उनले जेनजी युवाको आन्दोलनपछि विकसित राजनीतिक तथा संवैधानिक संकटको सामना तथा उनीहरूको भावनाको सम्मान गर्न नेतृत्व हस्तान्तरणको विकल्प नरहेको बताए । 

यस्तै पोलिटब्युरो सदस्य डा.विमला पौडेल राईले बहुदलीय जनवादको सिद्धान्त स्थापित गर्न तथा अन्तरपार्टी लोकतन्त्रलाई संस्थागत गर्न नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए । 

अर्का पोलिटब्युरो सदस्य ठाकुर गैरेले एमाले पार्टी कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक भएको उल्लेख गरे ।

केन्द्रीय सदस्यहरु हरि राई, युवराज बाँस्कोटा र रामलाल साहले कम्युनिस्ट आन्दोलनको मूलधारको पार्टी एमालेलाई स्थापित गर्न, सबै वामशक्ति एकताबद्ध गर्न, मुलुकमा रहेको द्वन्द्वको अन्त्य गर्ने विषयलाई केन्द्रित गर्न नयाँ नेतृत्व अपरिहार्य रहेकाले देशभरका प्रतिनिधिलाई त्यसतर्फ संवेदनशील हुन आग्रह गरे । 

एमालेको ११औं महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म राजधानीमा हुँदैछ । –रासस

सम्बन्धित खबर