
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन् ।
भौतिक रूपमै उपस्थित हुन नसक्ने भएकाले उनले बिहीबार नै शुभकामना पठाइसकेका छन् ।
कर्णाली प्रदेश एकता सभामा सहभागी हुने भएकोले प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित नहुने उनका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।