२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमुना मतदान अभ्यास

shivam cement
२०८२ मंसिर २६ गते १९:३१
Shares
एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमुना मतदान अभ्यास

काठमाडौं : नेकपा (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमुना मतदान अभ्यास प्रतिनिधिलाई गराएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमालेले शुक्रबार प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाउन नमुना मतदान अभ्यास गराएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कार्यालयमा आएका प्रतिनिधिलाई नमुना मतदान गराएर विद्युतीय भोटिङ मेसिनमा मतदान गर्न सिकाइएको जानकारी दिए । ‘प्रतिनिधिलाई विद्युतीय भोटिङ मेसिनमा कसरी मतदान गर्ने भनेर सिकाइएको छ,’ उनले भने, ‘धेरै जसो प्रतिनिधिले आफैं मतदान गर्न जान्नुभएको रहेछ ।’ 

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार आज एमाले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमुना मतदान अभ्भ्यास गराइएको जानकारी दिए । एमालेको महाधिवेशनमा २ हजार ४ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

उनका अनुसार महाधिवेशन स्थल भृकुटीमण्डपमा १० वटा विद्युतीय मेसिन राखेर प्रतिनिधिलाई मतदान गराइनेछ । यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । एमाले महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । –रासस

सम्बन्धित खबर