२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले ११औँ महाधिवेशन : केन्द्रीय सदस्यमा विश्वकर्माको दावेदारी

shivam cement
२०८२ मंसिर २६ गते २०:५८
Shares
एमाले ११औँ महाधिवेशन : केन्द्रीय सदस्यमा विश्वकर्माको दावेदारी

काठमाडौं : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा लमजुङका हिरालाल विश्वकर्माले उम्मेदवारी दिने भएका छन् । प्रतिनिधि छनौटमा सर्वसम्मत नभएपछि दलित क्लष्टरबाट झण्डै ८० प्रतिशत मत ल्याएर उनी प्रतिनिधि छनौट भएका थिए । 

२०६० सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भइ राजनीति सुरू गरेका विश्वकर्माले २०६३ देखि २०६५ सम्म अनेरास्ववियु लमजुङको जिल्ला अध्यक्ष भएका थिए । अध्यक्ष हँुदा सबैजसो क्याम्पस र विद्यालयहरु संगठन विस्तार गर्ने, विद्यालय/क्याम्पसहरुमा गरिने अनावश्यक शुल्क वृद्धिविरुद्धमा आवाज उठाउने, दैनिक उपभोग्य वस्तुमा सरकारले गरेका मूल्य वृद्धि लगायतका विषयमा विरोध प्रदर्शन गर्नुका साथै अनेरास्ववियुलाई वैचारिक, सांगठनिक हिसाबले बलियो र मजबुँद बनाउन लागि परेका थिए । 

विश्वकर्मा २०६६–२०६७ मा अनेरास्ववियुको तत्कालिन गण्डकी अञ्चलको सचिव, २०६७ देखि २०७० अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै अञ्चल संयोजक समेत भएर काम गरेका थिए । 

२०७९ सालमा हिमताल बिष्फोट भइ सेती नदीमा आएको बाढीले ठुलो धनजनको क्षति हुँदा विश्वकर्माको नेतृत्वमा राहत संकलन अभियान सञ्चालन, गण्डकीका सबै जिल्लामा शैक्षिक पुनर्संरचना सम्बन्धी कार्यक्रम, सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत ३३ बाट ४५ प्रतिशत पुर्‍याउने अभियान, संगठन सुदृढीकरण तथा युवा विद्यार्थीहरुमा माझ वैचारिक प्रशिक्षण लगायतको कार्यले नेता कार्यकर्ता सबैको मन जित्न सफल भएका थिए  । 

यि र यस्तै कामका कारण अनेरास्ववियुको २०७० सालमा भएको महाधिवेशनमा १४ अञ्चलमै उत्कृष्ट संयोजक भनि घोषित समेत भएका थिए ।  

विश्वकर्माले २०६८ देखि २०८० सम्म १२ वर्ष जिल्ला कमिटी सदस्य भइ काम गरे भने २०८० असोजमा भएको गण्डकी प्रदेशको पहिलो अधिवेशनमा ४० वर्ष मुनिको क्लष्टरबाट प्रदेश कमिटी सदस्यमा उम्मेदवारी दिइ १० जनामध्ये उत्कृष्ट २ जनाभित्र मत प्राप्त गरी हाल नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा कार्यरत छन् । 

आफ्नो राजनीतिक यात्रासँगै अध्ययनलाई पनि सँगसँगै अगाडि बढाएका विश्वकर्माले समाजशास्त्रमा एम.ए स्नातकोत्तर गरेका छन् भने एलएलबी कानुन संकायमा स्नातक समेत गर्दैछन् ।

सम्बन्धित खबर