२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कतारमा ४२ जना नेपालीले गरे रक्तदान

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर २६ गते २१:४८
Shares
कतारमा ४२ जना नेपालीले गरे रक्तदान

दोहा कतार : सिरहा सेवा समाज कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममार्फत ४२ जनाले रक्तदान गरेसँगै कार्यक्रम सम्पन्न भएको हो । 

रक्तदान नै मानवीय तथा परोपकारी दान भएको हुँदा रक्तदानमा कार्यमा सहभागी भई रक्तदान गरी कार्यक्रम सफल बनाइदिने सम्पूर्णलाई समाजका अध्यक्ष जयप्रकाश यादवले धन्यवाद व्यक्त गरे । शुक्रबार दोहास्थित हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका  प्रमुख, प्रतिनिधिसहित पत्रकार तथा नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समाजले रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान समेत गरेको थियो । कार्यक्रम बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म चलेको थियो ।

सम्बन्धित खबर