
काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २४ भदौमा नेपालले अकल्पिनीय क्षति बेहोर्नुपरेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रम सञ्चालन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उक्त आन्दोलनपछि जननिर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको र प्रतिनिधिसभा विघटन भएको स्मरण गर्दै उनले सन १८१६ पछि नेपालले कहिल्यै युद्ध नलडेको उल्लेख गरे । २४ भदौको दृष्य भने नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको जस्तो आभास भएको उनले बताए ।
आन्दोलनरत पक्षले पुराना दल र नेताहरू सक्किएको भाष्य समेत बनाउने प्रयास गरेको बताए । तर, महधिवेशनसम्म आइपुग्दा त्यस्तो भाष्य चिरिन सकेको उनले बताए ।