
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावी वातावरण बनाउन ध्यान नदिएको आरोप लगाएका छन् ।
भक्तपुरको सल्लाघारीमा एमालेको ११औं महाधिवेशन उद्घाटन गर्दै उनले नेताहरूको राहदानी रद्द, स्थानहद र निषेधाज्ञा लगाएर चुनावको वातावरण बनेको भन्न नसकिने बताए ।
आगामी २१ फागुनमा चुनाव गराउने सरकारको म्यान्डेट भए पनि आवश्यक गृहकार्य नगरेको उनको भनाइ छ ।
राजनीतिक दलहरूको विश्वास जित्न नसकेको, आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता नभएको उल्लेख गर्दै ओलीले स्वतन्त्र र निष्पक्ष वातावरण बनेमा मात्र एमाले चुनावमा जाने स्पष्ट पारे ।