२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

दलहरू एकजुट भएर लोकतन्त्र जोगाउनुपर्नेमा कांग्रेस कार्यवहाक सभापतिको जोड

shivam cement
२०८२ मंसिर २७ गते १५:४८
Shares
दलहरू एकजुट भएर लोकतन्त्र जोगाउनुपर्नेमा कांग्रेस कार्यवहाक सभापतिको जोड

काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने उपाय निर्वाचन भएको बताएका छन् । 

भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)को ११औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दोहोर्‍याए । 

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै खड्काले सरकारका निर्णय र गतिविधिले भयरहित निर्वाचनतर्फ अग्रसरता देखिन नसकेको टिप्पणी गरे । 

जेनजी आन्दोलनको जाँचबुझका लागि गठित आयोगका निर्णयले पनि निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाइ थियो । 

जेनजी आन्दोलनका घटनाहरू अकल्पनीय रहेको र त्यसका पछाडि रहेका अनुहार क्रमशः उजागर हुँदै जाने उनले बताए । 

वर्तमान अवस्थामा सबै राजनीतिक दल एकजुट भएर लोकतन्त्र जोगाउनुपर्नेमा खड्काले जोड दिए ।

सम्बन्धित खबर