
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान निष्क्रिय भइसकेको दाबी गर्दै अब त्यसलाई पुनर्जीवित गर्नेभन्दा नयाँ समझदारी आवश्यक रहेको बताएका छन् ।
नेकपा (एमाले)को ११औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै उनले जेनजी आन्दोलनपछि संविधान व्यवहारमा नरहेको जिकिर गरे ।
राप्रपाले सुरुदेखि नै संविधान अपूर्ण रहेको बताउँदै आएको स्मरण गराउँदै उनले आन्दोलनले त्यसको पुष्टि गरेको बताए ।
संविधान कुनै धार्मिक ग्रन्थ जस्तो अपरिवर्तनीय नभएको उल्लेख गर्दै लिङदेनले अब नयाँ समझदारी खोजिनुपर्ने धारणा राखे ।
राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच सहमति भए मात्र देश अघि बढ्ने उनको भनाइ थियो ।