
काठमाडौं : हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ पक्राउ परेका छन् । उनी काठमाडौंको कपनबाट पक्राउ परेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ ।
उनलाई पक्राउ गरेर पाँचथर पठाइएको सिआईबीका एआईजी मनोज केसीले जानकारी दिए । गत वर्षको भदौ १४ गते भएको बम विस्फोट प्रकरणमा लामा पक्राउ परेका हुन् ।
बम विस्फोटमा १ बालिकाको मृत्यु र २ जना घाइते भएका थिए । घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई मंगलबार पक्राउ गरेको केसीले बताए ।