२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

दुर्गा प्रसाईं समूह र सरकारबीच वार्ता 

shivam cement
२०८२ पुष १ गते २०:३०
Shares
दुर्गा प्रसाईं समूह र सरकारबीच वार्ता 

काठमाडौं : सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । 

वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र नागरिक बचाउ अभियानका तर्फबाट प्रेमदीप लिम्बु देवीप्रसाद संगौला, प्रेम थापामगर सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ । सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो । 

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका थिए । उक्त समितिअन्तर्गत राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले अभियानका प्रतिनिधिसँग वार्ता गरिरहेको छ ।

सम्बन्धित खबर