२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अपांगमैत्री प्रजनन स्वास्थ्य उपकरण हस्तान्तरण

shivam cement
रामएकवाल साह
२०८२ पुष १ गते २२:०४
Shares
अपांगमैत्री प्रजनन स्वास्थ्य उपकरण हस्तान्तरण

रौतहट : नेपाल परिवार नियोजन संघ, चितवनले यौन तथा प्रजनन स्वास्थ्य सेवामा अपांगमैत्री पहुँच विस्तार गर्ने उद्देश्यले प्रादेशिक अस्पताल गौरलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ । युनएफपीएको आर्थिक सहयोगमा संघले विपन्न, गरिब सुत्केरी महिला, कलिला उमेरका बालबालिका तथा बाढी र आगलागी पीडितका लागि स्वास्थ्य तथा राहतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत परिवार नियोजन संघ चितवनको आयोजनामा प्रादेशिक अस्पताल गौरको सभाहलमा आयोजित समारोहबीच उपकरण हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा परिवार नियोजन संघ चितवनका निमित्त शाखा प्रबन्धक रोशन सोतीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर उपस्थित थिए । साथै जिल्ला युनएफपीएका प्रमुख रोशन अधिकारी, डा.विकास चौरसियासहित अस्पतालका विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

समारोहमा अपांगमैत्री सेवाका लागि नौ किसिमका २४ थान उपकरणहरू हस्तान्तरण गरिएको छ । जसअन्तर्गत ह्वीलचेयर ४ थान, पेशाबी ३ सेट, बिरामी वाकर २ थान, सेतो छडी ४ थान, कमोड चेयर १ थान, सिपिआर बोर्ड १ थान, बेड प्यान २ थान, युरिन कन्टेनर ४ थान र फिटल डोप्लर ३ थान रहेका छन् । ती सामग्रीहरू प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.मुरारी ठाकुरलाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा बोल्दै निमित्त शाखा प्रबन्धक सोती र मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरले स्वास्थ्य सेवामा अपांगता भएका, अशक्त तथा वृद्ध बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउन यी उपकरणहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सरकारले सबै स्वास्थ्य संस्थालाई अपांगमैत्री बनाउने सोचअनुसार यस्ता पहलहरू प्रभावकारी हुने उनीहरूको भनाइ थियो । 

उपकरण हस्तान्तरणसँगै प्रादेशिक अस्पताल गौरमा अपांगमैत्री प्रजनन् तथा मातृ–शिशु स्वास्थ्य सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर