२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

इक्यान ललितपुर शाखाको छैटौँ अधिवेशन सम्पन्न, महर्जन अध्यक्ष र बजगाईं उपाध्यक्षमा निर्वाचित

shivam cement
२०८२ पुष २ गते ०८:३४
Shares
इक्यान ललितपुर शाखाको छैटौँ अधिवेशन सम्पन्न, महर्जन अध्यक्ष र बजगाईं उपाध्यक्षमा निर्वाचित

ललितपुर : नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) ललितपुर शाखाको दशौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सोनाम कुमार महर्जन तथा उपाध्यक्षमा मुकुन्द बजगाईं निर्वाचित भएका छन् ।

नव–निर्वाचित कार्यसमितिमा सचिव पदमा विनोद भट्टराई र कोषाध्यक्ष पदमा योजना हमाल चयन भएका छन्। साथै अन्य सदस्यहरू पनि निर्वाचित भएका छन् ।

अधिवेशनले ललितपुर शाखाको शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी तथा गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नव–निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूले आगामी दिनमा संघलाई अझ सशक्त, जिम्मेवार र व्यवसायिक रूपमा मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उपाध्यक्ष मुकुन्द बजगाईं लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी कुमारीपाटीस्थित मेघा कन्सल्टेन्सीका अध्यक्षसमेत हुन् । शैक्षिक परामर्श क्षेत्रमा उनको अनुभव र नेतृत्वले ललितपुर शाखालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कार्यसमितिले आगामी दिनमा शैक्षिक परामर्श व्यवसायको मर्यादा कायम गर्दै विद्यार्थी तथा अभिभावकको हितमा केन्द्रित प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित खबर