२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भिड

shivam cement
२०८२ पुष २ गते २०:२६
Shares
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भिड

कैलाली : चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका लागि भारततर्फ लाग्ने क्रम बढेको छ ।

यहाँको त्रिनगर नाका हुँदै दिनहुँ ठुलो संख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।

त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।

“नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ,” अछामको रामारोशनका मङ्ल परियारले भने, “भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौं ।”

त्यस्तै सोही नाकाबाट मुम्बई तर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फकिएको बताए । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठुला सहर जाने गर्छन् ।

सम्बन्धित खबर