
नयाँ नेतृत्वका लागि भएको एमाले महाधिवेशनको मतगणनामा अध्यक्ष केपी शर्मा ओली प्यानलकै अग्रता देखिएको छ । १ देखि १६ नम्बर बुथको मतगणनामा अध्यक्ष ओली ३३३ मतसहित अग्रता कायम गरेका छन् भने अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले ११० मत पाएका छन् ।
त्यस्तै, महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेलले अग्रता बढाएका छन् । उनले २४९ मत पाउँदा अर्का उम्मेदवार सुरेन्द्रप्रसाद पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।