२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

यस्तो छ रविलाई थुनामुक्त गर्दा अदालतले तोकेको सर्त 

shivam cement
२०८२ पुष ३ गते १८:००
Shares
यस्तो छ रविलाई थुनामुक्त गर्दा अदालतले तोकेको सर्त 

काठमाडौं : उच्च अदालत बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बैंक ग्यारेन्टीका आधारमा थुनामुक्त गर्ने आदेश दिएको छ ।

न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बचतकर्ताको रकम सुनिश्चितता पहिलो प्राथमिकता भएको ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार पुर्पक्ष थुनामुक्त अवस्थामा मुद्दा अघि बढाउन आदेश दिएको हो । 

अदालतले रूपन्देही जिल्ला अदालतमा पेस गरिएको २ करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टी स्वीकार गरेको छ । साथै विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्व जानकारी दिनुपर्ने लगायतका सर्त तोकिएको छ ।

उच्च अदालत बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्दा तोकेका मुख्य सर्तहरू :

१. बैंक ग्यारेन्टी पेस गर्नुपर्ने

२. विदेश यात्रा गर्दा पूर्व जानकारी

३. अन्तिम फैसलापछि थप दायित्व स्वीकार

सम्बन्धित खबर